२०८३ भाद्र १३ गते शनिवार

दाङको बखरियामा बस पल्टिदा घाइते दुबैजना डिस्चार्ज

तुलसीपुर, २२ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा भएको बस दुर्घटनामा घाइते भएका दुबै जना उपचार पछि घर फर्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुरबाट नेपालगञ्जतर्फ गइरहेको भे १ ख४२१३ नम्बरको बस अनियन्त्रित भई पल्टिदा बसका सहचालक बाँके कोहलपुर–४ का २८ वर्षीय सुनिल बिक र यात्रु राप्ती सोनारी गाउँपालिका–३ का २१ वर्षीय कृष्णी चौधरी घाइते भएका थिए ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि साँझ पख घर फर्किएको प्रहरी निरीक्षक सूर्य बहादुर रानाले जानकारी दिनुभयो । बस चालक बाँके बैजनाथ गाउँपालिका–१ का ३२ वर्षीय कृष्ण बहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिब्र गतिका कारण बस अनियन्त्रीत भएर पल्टिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बसमा ७ जना सवार थिए ।

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।