२०८३ भाद्र १३ गते शनिवार

जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

  हुम्ला, २४ असोज । शुक्रबार बिहान चङ्खेली गाउँपालिका–४ को देसीखोला गोठ्यानामा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । सो गाउँपालिका ६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेत आउने क्रममा जीप दुर्घटनामा परेको हो ।   चालकसहित नौ जना यात्रु सवार रहेको बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेमा चंखेली गाउँपालिका(६ की वसन्ती बुढा, उहाँका छोरी र सो वडाको मानबीर बुढा रहेको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । अन्य छ जना घाइते भएका छन् भने घाइते हुनेमा कैलाश सिरा, चालक बहादुर लामा, हमेन्द्र रोकाया, हंस बुढा, पार्वती बुढा र विमला बुढा हुनुहुन्छ । घाइतेको पिप्लाङ स्वास्थ्य चौकीमा उद्धार गरि प्राथमिक उपचार भइरहेको र घाइतेको जिल्लाबाहिर उपचारका लागि उद्धार गर्ने तयारी भइरहेको छ । प्रहरी र सर्वसाधारण घटनास्थलमा पुगेर घाइतेको उद्धार गर्नुभएको थियो । ग्रामीण कच्ची सडकबाट जीप तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको जीप छ ।
प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।