२०८३ असोज ६ गते मङ्गलवार

११ महिनामा राप्ती प्रादेशिकबाट २६ सय बढीले लिए प्रसुति सेवा

फाइल फोटो

तुलसीपुर,२८ असार । चालु आर्थिक वर्षको ११ महिना अवधिमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले २६ सय ३२ जनालाई प्रसुती सेवा प्रदान गरेको छ । सामान्य,जटिल (भ्याकुम फोरसेप),शल्यकृया र जटिलता ब्यवस्थापन गरी २६ सय ३२ जनालाई सेवा प्रदान गरेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सुचना अधिकारी भुषण सुवेदीले जानकारी दिनुभएको छ ।

जसमा २०७८ को श्रावणमा सामान्य तर्फ १३७, जटिल(भ्याकुम फोरसेप) तर्फ ६,शल्यकृया तर्फ २२ र जटिल ब्यवस्थापन तर्फ १ जना गरेर १६६ जनालाई सेवा प्रदान गरेको छ । त्यसैगरी भदौ महिनामा सामान्य १४७, जटिल(भ्याकुम फोरसेप) ११,शल्यकृया ३२, जटिल ब्यवस्थापन ७ जना गरेर १९७ जनाले सेवा लिएका छन भने असोजमा सामान्य १३९, जटिल(भ्याकुम फोरसेप) १०,शल्यकृया २१ जना र जटिल ब्यवस्थापन २ गरी १७२ जनाले सेवा पाएका छन । कार्तिक महिनामा सामान्य तर्फ १६७, जटिल(भ्याकुम फोरसेप) १६, शल्यकृया २१ र जटिल ब्यवस्थापन १ गरी २०५ जनाले सेवा पाएका छन भने मंशिरमा सामान्य तर्फ २१०, जटिल(भ्याकुम फोरसेप) ७ ,शल्यकृया ३३ र जटिल ब्यवस्थापन तर्फ १ गरेर २५१ जनाले सेवा लिएका छन ।

त्यसैगरी पुसमा सामान्य तर्फ २५०, जटिल(भ्याकुम फोरसेप) ४, शल्यकृया ४७ र जटिल ब्यवस्थापनमा ६ गरी ३०७ रहेको छ । भने माघमा सामान्य तर्फ २१७, जटिल(भ्याकुम फोरसेप) १०,शल्यकृया ५५ र जटिल ब्यवस्थापन ३ गरेर २८५ रहेका छन । यस्तै फागुनमा सामान्य तर्फ २४७, जटिल(भ्याकुम फोरसेप) १० ,शल्यकृया ७२ र जटिल ब्यवस्थापन ३ गरेर ३३२ जनाले सेवा लिएका छन । भने चैतमा सामान्य तर्फ २०९, जटिल(भ्याकुम फोरसेप) २, शल्यकृया ६७ र जटिल ब्यवस्थापन ४ गरी २८२ जनाले सेवा लिएका छन ।

त्यसैगरी २०७९ को बैशाखमा सामान्य तर्फ १६४, जटिल(भ्याकुम फोरसेप) ५,शल्यकृया ४३ र जटिल ब्यवस्थापन ६ गरी २१८ जनाले सेवा पाएका छन । भने जेठ महिनामा सामान्य तर्फ १७०, जटिल(भ्याकुम फोरसेप) २ , शल्यकृया ४४ र जटिल ब्यवस्थापन १ गरेर २१७ जनालाई सेवा प्रदान गरेको अस्पताले दिएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७९ असार २८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।