तुलसीपुर, २४ कात्तिक । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले छठपर्वको अवसरमा नगरबासी दाजु–भाई तथा दिदी–बहिनीहरुमा सुख, शान्ति, समृद्धि र सफलताका लागि हार्दिक शुभकामना प्रकट गर्नुभएको छ । सबै धर्म, संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण गर्न पाउने अधिकार संविधानले प्रत्याभूत गरेको स्मरण गराउँदै समृद्ध नेपाल निर्माणको मार्गमा अग्रसर हुन समेत आग्रह गुर्नभएकोछ । विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाउने पवित्र पर्व छठपर्वले सामाजिक सम्बन्ध र सामुहिक भावनालाई अझ विकसित गर्दै लगेको बताउँदै शुभकामना सन्देशमा नगर प्रमुख पाण्डेले छठले हरेक जात, धर्म, क्षेत्र र समुदायका नेपालीलाई एकताको सूत्रमा उनेर प्रगतिको बाटोमा बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ ।
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।