तुलसीपुर,१५ कात्तिक । घोराहीको रझेनामा चार लाख बढि नगदसहित २० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । हिजो आइतबार राति १० बजेको समयमा घोराही उपमहानगरपालिका वडा न. १८ स्थित यज्ञ खड्काको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको थियो । उनिहरुको साथबाट रु ४६४८८१ नगद रुपैयाँ सहित १६ गद्दी तास,जुवा खेल्न प्रयोग हुने सेतो पाउडर,एक सेट मोबाईल फोन,सादा मोबाईल फोन ६ थान र एक थान बिछ्याइएको कार्पेट सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय घोराहीका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १८ बस्ने २४ वर्षीय यज्ञ बहादुर खड्का,सोहि ठाउँका १४ बस्ने २९ वर्षीय लाल बहादुर हमाल,१५ बस्ने ५१ वर्षीय रामप्रसाद गीरी, ५० वर्षीय रविन श्रेष्ठ, २८ वर्षीय मान बहादुर बुढा, १४ बस्ने ४२ वर्षीय प्रमोद गौतम,तुलसीपुर उपमहानगरपालिका १५ घर भई हाल घोराही उपमहानगरपालिका १५ बस्ने ४६ वर्षीय शुभाष धिताल, सोहि बस्ने ४२ वर्षीय यज्ञप्रताप बस्नेत,५२ वर्षीय कुलराज वली,१६ बस्ने २४ वर्षीय छवि गीरी,१५ बस्ने ५७ वर्षीय सरद लामिछाने,४२ वर्षीय गीरीराज खत्री भनिने धुव्र केसी,१९ बस्ने ५६ वर्षीय ईश्वर राइमाझी भनिने ईन्द्र बहादुर राइमाझी,१४ बस्ने ३६ वर्षीय कमल घर्ति मगर,४ बस्ने ६२ वर्षीय श्रीधर अधिकारी भनिने पुर्ण अधिकारी,५ बस्ने ५६ वर्षीय केशव पछाई रहेका छन ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिका १५ बस्ने ५२ वर्षीय चेतनाथ धिताल ,रोल्पा रुन्टीगढी गाउँपालिका २ बस्ने २४ वर्षीय रुपलाल विक,सर्लाही लालबन्दी नगरपालिका १२ बस्ने ४८ वर्षीय समिर लामा र घोराही उपमहानगरपालिका १५ बस्ने ५७ वर्षीय महाविर वली रहेको जिल्ला प्रहरी कार्यालय घोराहीका प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिनुभएको छ । पक्राउ परेका विरुद्ध आवश्यक अनुसन्धान भैइरहेको प्रहरीले बताएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।