२०८३ कार्तिक १५ गते आइतवार

कञ्चनपुरमा तेस्रो लहर संग सामना गर्न पुर्व तयारी

कञ्चनपुर,३२ साउन । कोरोनाको तेस्रो लहर रोकथामका लागि कञ्चनपुरमा पूर्व तयारी थालिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेका अनुसार जिल्लाभरि मास्क लगाउने अभियानसँगै स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गराउनका लागि अभियान सञ्चालन थालिएको हो ।

त्रिनगर तथा गड्डाचौकी सीमा नाकामा एक हजारजना अटने होल्डिङ सेन्टर निर्माण भैरहेको र होल्डिङ सेन्टर निर्माण केही दिनभित्रै पूरा हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो । महाकाली अस्पतालमा बालबालिकालाई लक्षित गरी ५० शय्या थप्ने काम भइरहेको छ । काम दुई महिलाभित्र तयार हुने पाण्डेले बताउनुभयो । अस्पतालमै अक्सिजन प्लान्ट जडानका लागि प्रक्रिया सुरु भैसकेको र केही दिनभित्रै जडानका सुरु हुने उहाँले बताउनुभएको छ ।

 

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।