२०८३ भाद्र १० गते बुधवार

अस्पतालको बेडबाट हमालले गरे २५ हजार सहयोग

तुलसीपुर, ६ बैशाख । यातायात व्यवसायी सुरेश हमालले तुलसीपुर कोरोना विपद कोषमा २५ हजार आर्थिक सहयोग गर्नु भएको छ । काठमान्डौको ग्राण्डीमा उपचार गराइरहनु भएका त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष समेत रहनुभएका हमालले तुलसीपुरका युवा व्यवसायी गोरख वली मार्फत तुलसीपुर कोरोना विपद कोषमा आर्थिक सहयोग उपलब्ध गराउनु भएको हो ।

कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि सहयोग गरेको हमालले बताउनुभयो । वैशाख २५ गते कोरोना पोजेटिभ भएपछि थप उपचारका लागी उहाँलाइ वैशाख २७ गते काठमान्डौको ग्राण्डीमा लगिएको थियो । यसैबिच तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले हमालको स्वास्थ्य लाभको कामना गर्दै सहयोगका लागि धन्यवाद दिनुभएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार
प्रतिक्रिया