तुलसीपुर,१ जेठ । लियो कल्व अफ तुलसीपुर ईसानले तुलसीपुर कोरोना आइसोलेसन अस्पताललाई वाटर डिस्पेन्सर सहयोग गरेको छ । अस्पतालमा उपचाररत कारोना संक्रमित बिरामीलाई आवश्यकता अनुसार तातो पानी उपलब्ध गराउने उद्देश्यले वाटर डिस्पेन्सर उपलब्ध गराएको लियाो कृपा गिरीले जानकारी दिनुभयो ।
गिरीले १५ हजार मुल्य वाटर डिस्पेन्सर नगरप्रमुख घनश्याम पाण्डेलाई एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको हो । भिमसेन सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र अन्तर्गत तुलसीपुर मेट्रो अस्पतालमा कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेको छ । गिरीले सोही स्थानमा पुगेर उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।