२०८३ असोज ५ गते सोमवार

प्रधान सेनापति थापाद्वारा निरीक्षण भ्रमण

तुलसीपुर, २४ मंसीर । नेपाली सेनाका प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले  पांचथरमा तैनाथ श्री भैरवीदल गण, ताप्लेजुङ्गमा तैनाथ श्री भिमकाली गुल्म, संखुवासभामा तैनाथ श्री नयाँ रणभीम गुल्म र ईटहरीमा तैनाथ श्री पूर्वी पृतना हे.क्वाको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा थापाले  त्यहाँकाे  बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिदै सकलदर्जालाई सम्बोधन समेत गरेका थिए । त्यसैगरी  थापाले श्री सैनिक अस्पताल, ईटहरी लगायत संखुवासभा, भोजपुर र ओखलढुङ्गामा तैनाथ युनिटहरुको समेत निरीक्षण गर्ने  कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर २४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।