२०८३ मङ्सिर २ गते बुधवार

 एमालेको राष्ट्रिय भेलामा स्थानीय तहको चुनावको पूर्व तयारी बारे प्रशिक्षण

काठमाडौं,२ मंसिर नेकपा (एमाले)को राष्ट्रिय भेला आजबाट काठमाण्डौमा सुरु भएको छ । देशभरबाट ३४ सय १४ प्रतिनिधिहरु सहभागी हुँदै छन् । भेलामा पुराना वामपन्थी नेताहरु मोहनचन्द्र अधिकारी, वाचश्पति देवकोटा, हरिचरण सिवाकोटी र बिजयलाल श्रेष्ठ सहभागी हुनु भएको छ । बिजयलाल नेकपा संस्थापक महासचिव पुष्पलालको भाइ हुनुहुन्छ । राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको पूर्वतयारीका लागि भेला आयोजना गरिएको हो ।

पार्टी जीवनमा स्थानीय कमिटी तहदेखि केन्द्रीय कमिटी, संसददेखि पालिकासम्मका जप्रतिनिधिसहितको यो पहिलो भेला हो । २०८२ भदौ २३–२४ को जेनजी उपद्रपछि मुलुकमा उत्पन्न राष्ट्रिय राजनीतिक निकासका लागि भेलामा बहस हुने छ । भेलाले राजनीतिक कार्यदिशा, आउँदो स्थानीय तहको चुनावको पूर्व तयारी बारे प्रशिक्षणसहित पार्टीको राजनीतिक लाइनमा एकरुपताको सन्देशसहित ऊर्जा प्रदान गर्ने छ ।

गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरुको कार्यन्यवनमा एकरुपता र पार्टीले गर्नुपर्ने १५ कामको जिम्मेवारी र कार्य सम्पादन सम्बन्धी भेलामा छलफल हुने छ । भेलामा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसंगठन, केन्द्रीय निकाय, संघीय र प्रदेशका सांसदहरु, स्थानीय तहका प्रमुख र उपप्रमुखहरु सहभागी हुने छन् ।

प्रकाशित मिति : २०८३ मङ्सिर २ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।