काठमाडौं । सुनसरीको इनरुवामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकमा बुधबार साँझ तीनवटा सवारीसाधन ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५५ प १२९८ नम्बरको स्कुटरसँगै साइकल पनि ठोक्किएको थियो । दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीनजना र साइकलयात्रीसहित छजना घाइते भएका थिए ।
घाइतेमध्ये स्कुटरको पछाडि सवार इनरुवा नगरपालिका–९ निवासी सात वर्षीया रिदिमा सरदारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका अन्य पाँचजनाको उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०८३ कार्तिक २५ गते बुधवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।