२०८३ कार्तिक २४ गते मङ्गलवार

तुलसीपुरका एक बालकको राप्ती नदीमा डुबेर मृत्यु

दाङ,२४ कात्तिक । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडक सिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगीको नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाको घरमा गएका बेला उनी राप्ती नदीमा नुहाउन गएका थिए । नदीमा डुबेर अचेत भएका बालकलाई लमही अस्पताल पु¥याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०८३ कार्तिक २४ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।