२०८३ असोज ६ गते मङ्गलवार

तुलसीपुर नगर सभापतिमा वीरेन्द्र शाहको उम्मेदवारी घोषणा

फोटो फाईल

तुलसीपुर, ६ असोज । नेपाली काँग्रेस तुलसीपुर नगर सभापतिमा वीरेन्द्र शाहले उम्मेदवारी घोषणा गर्नुभएको छ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भोलि -असोज ७ गते) हुने तुलसीपुर नगर अधिवेशनमा शाहले सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । नेपाली काँग्रेसका वडा अधिवेशनहरू सम्पन्न भएसँगै अब नगर अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही क्रममा शाहले नगर सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो।

शाह तुलसीपुर उपमहानगरपालिका–५ का वडाध्यक्षसमेत हुनुहुन्छ । उहाँले वडाध्यक्षका रूपमा लगातार दुई पटक निर्वाचन जित्दै जनप्रतिनिधिका रूपमा आफ्नो उपस्थिति बलियो बनाउनुभएको छ । स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गर्दा जनतासँगको निरन्तर सम्पर्क र सक्रियताका कारण शाहले आफ्नो छुट्टै पहिचान बनाउनुभएको बताइन्छ । उहाँको कार्यशैली र सार्वजनिक छविलाई लिएर स्थानीयस्तरमा सकारात्मक चर्चा हुने गरेको छ ।

अब नगर सभापतिका रूपमा पार्टीको नेतृत्व सम्हाल्ने आकांक्षासहित शाह मैदानमा उत्रिनुभएको छ । उहाँको उम्मेदवारीले तुलसीपुर काँग्रेसको नगर अधिवेशनलाई थप प्रतिस्पर्धात्मक र चासोपूर्ण बनाएको छ । तर पार्टीभित्रको समीकरण, प्रतिनिधिहरूको समर्थन र अधिवेशनमा आउने परिणामले अन्ततः नगर सभापतिको नेतृत्व कसले सम्हाल्ने भन्ने टुंगो लगाउनेछ ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।