२०८३ मङ्सिर १ गते मङ्गलवार

सुनको भाउ आज १ हजार ९ सय रुपैयाँले घट्यो

काठमाण्डौं,१ मंसिर । सुनको भाउ आज तोलामा एक हजार ९ सय रुपैयाँले घटेको छ । सुन आज तोलाको दुई लाख ६७ हजार २०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलाको दुई लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको तीन हजार ४९० रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि हिजो चाँदी तोलामा ८० रुपैयाँले घटेर तोलाको तीन हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : २०८३ मङ्सिर १ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।