काठमाडौँ, १ मंसीर । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीबीच नयाँदिल्लीमा आधा घण्टा एक्लाएक्लै वार्ता हुने भएको छ । प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा यही ६ गते आइतबार भारतको २ दिने भ्रमणमा दिल्ली जाँदै हुनुहुन्छ । यद्यपि प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक निर्णय र घोषणा हुन अझै बाँकी छ ।
प्रारम्भिक भ्रमण तालिका अनुसार उहाँ आइतबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत काठमाण्डौबाट नयाँदिल्ली जाने र भोलिपल्ट सोमबारसम्म विभिन्न कार्यक्रम सम्पन्न गरेर त्यसै दिन काठमाण्डौ आइपुग्ने गरी तयारी भैरहेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन् ।
भ्रमणका क्रममा नेपाल–भारतबीच लामो समयदेखि छलफलमा रहेका महत्वपूर्ण विषयहरु, हवाई रुट र आर्थिक प्याकेज प्राथमिकतामा रहेका छन् । मोदीसँग सोमबार बिहान हैदरावाद हाउसमा भेट हुनेछ । प्रधानमन्त्री शाहले गर्न लागेको भारत भ्रमणलाई निक्कै चासोका साथ हेरिएको छ ।



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।