सांकेतिक तस्विर
दाङ, २१ जेठ । रोल्पाको माडी गाउँपालिका २ व्याङखोलामा आज बिहान भएको बोलेरो जीप दुर्घटनामा परी मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार मृत्यु हुनेमा सवै दाङका रहेका छन् । मृत्यु हुनेमा घोराही ७ देसाही बस्ने बर्ष २५ का बिर बहादुर चौधरी, दंगीशरण ७ श्रीगाउँ बस्ने बर्ष ४० का गाडी धनी जिउधन चौधरी र उहाँको श्रीमती ३८ वर्षिय कमला चौधरी रहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार सिमेन्ट, पाईप र जस्तापाता लगाएत निर्माण सामग्री बोकेको अस्थाई नम्बर प्लेट एम–एच–१४–टि–सी–जे ४७१ नम्वरको जीप सडकबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रकाशित मिति : २०८३ जेष्ठ २१ गते बिहिवार






