२०८३ मङ्सिर ८ गते मङ्गलवार

सल्यानमा बन्दुकसहित एकजना पक्राउ

सल्यान, १०  कात्तिक । सल्यानमा भरुवा बन्दुक सहित एकजना पक्राउ परेको प्रहरीले जनाएको छ ।  जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–७ पाखापानीका ५२ वर्षीय तिलक बहादुर रोकालाई अवैध भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) नेत्र बहादुर रानाको कमाण्डमा खटिएको टोलीले रोकाको घरमा खानतलासी गर्दा भरुवा बन्दुक फेला पारेको हो ।

प्रहरीका अनुसार रोकाले घरको पूर्वतर्फ रहेको बाँसको झ्याङभित्र सुकेको स्याउलाले छोपेर बन्दुक लुकाएको अवस्थामा भेटिएको थियो । फेला पारिएको बन्दुकसहित रोकालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय देवस्थलमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक १० गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।