२०८३ भाद्र १३ गते शनिवार

रुकुम पश्चिममा जिप दुर्घटना हुदा ८ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

रुकुम पश्चिम, ७ कात्तिक ।  रुकुम पश्चिमको झारमारेमा जिप दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ । अन्य ५ जना गम्भीर घाइते भएका छन् । अहिले घटना स्थलमा उद्धारको काम चलिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । अहिलेसम्म ८ जनाको शव फेला परेको र ५ जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खलङ्गाबाट स्यालाखदीतर्फ जादै गरेको रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमा झारमारेमा दुर्घटना भएको हो । गाडी चालक टोपजंग बुढा रहेको र उहाँ गम्भीर घाइते रहेको बताइएको छ । मृतक र अन्य घाइतेहरुको परिचय खुलेको छैन । जिपमा सिट क्षमता भन्दा धेरै यात्रु रहेको बताइएको छ ।।

प्रकाशित मिति : २०८२ कार्तिक ७ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।