२०८३ भाद्र १३ गते शनिवार

तुलसीपुरमा एक गोठमा आगलागी हुदा १० लाख बराबरको क्षेती

तुलसीपुर, २ असार ।  दाङको तुलसीपुरमा एक गोठमा आगलागी हुदा पुर्ण रुपमा जलेर नष्ट भएको छ । गएराती साढे ११ बजेको समयमा गाई बस्तु बाध्ने टिनले छाएको २ तले कच्ची गोठमा आगलागी हुदा १० लाख रुपैयाँ बराबरको क्षेती भएको इलाका प्रहरी कार्यालय तुलसीपरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट गोठमा बाधेका २ वटा भैसी, ३ वटा खसी, एउटा बाख्रा र १० वटा कुखुराको जलेर मृत्यु भएको छ भने एउटा भैसी घाइते भएको छ । प्रहरी, दमकल र स्थानियको सहयोगमा आज बिहान साढे २ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८२ असार २ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।