२०८३ भाद्र १४ गते आइतवार

तुलसीपुरमा ट्याक्टरबाट खसेर एक जना घाइते

तुलसीपुर, २५ जेठ । दाङको तुलसीपुरमा ट्याक्टरबाट खसेर एक जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर ५ रानीजरुवाका १५ वर्षिय पारस बि.क रहेको प्रहरीले जनाएको छ । आज विहान करिब साढे ८ बजे तुलसिपुर ५ रानिजरुवाबाट बेलुवातर्फ कामको लागी जाँदै गरेको रा १ त ४०९५ नंबरको मिक्चर जोडेको ट्याक्टरको टोचनमा बसेको बि.क. खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सुचना अधिकारी सुर्य रानाले जानकारी दिनुभयो । उहाँका अनुसार वि.ब.को दुबै खुट्टामा चोट लागेको र राप्ति प्रादेशिक अस्पताल तुलसिपुरमा उपचार भैरहेको छ । ट्याक्टर र ट्याक्टर चालक सोही ठाउँका बर्ष २२ को शुनिल कुमार बि.क. लाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।।
प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।