सांकेतिक फाेटाे
तुलसीपुर, ७ बैशाख । दाङको दंगिशरण गाउँपालिका–५ लौवस्तामा यात्रुबाहक अटो अनियन्त्रित भएर प्रतीक्षालयमा ठोक्किँदा ४ जना घाइते भएका छन् । घाइते हुनेमा अटोमा सवार दंगिशरण –७ बस्ने बर्ष ४९ कि राधिका बुढाथोकी, उहाँको नातिनी बर्ष ६ कि आयुशा बुढाथोकी, १० वर्षकी कुसुम बुढाथोकी र शान्तिनगर –६ निवासी बर्ष ४२ का बिरेन्द्र न्यौपाने घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोद खत्रीले जानकारी दिनुभयो । रगैचाबाट तुलसीपुरका लागि छुटेको रा १ ह ५७५३ नं. को अटो दिउसो सवा ३ बजे दुर्घटना भएको थियो । अटो सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।