तुलसीपुर, १६ चैत । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा आगो सल्किदा जलेर एक महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–३ रानागाउँ निवासी ६० बर्षीया गोमा वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार घरमा खाना पकाइरहेको अवस्थामा आज बिहान पौने ९ बजेको समयमा एक्कासी उहाँको शरिरमा आगो सल्किएको हो । कपडाबाट सल्किएको आगोले पेट, कम्मर र साप्रालगाएतका शरिरका विभिन्न भगमा ३० प्रतिशत जलेको प्रहरीले जनाएको छ । उहाँको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहकको छ ।।
प्रकाशित मिति : २०८१ चैत्र १६ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।