२०८३ कार्तिक ११ गते मङ्गलवार

तुलसीपुरमा स्कुटी दुर्घटना हुँदा एकजना घाइते

तुलसीपुर, १ चैत ।  दाङको तुलसीपुरमा मादक पदार्थ सेवन गरेर स्कुटी चलाउदा एकजना घाइते भएका छन् । घाइते हुनेमा  तुलसीपुर–१८ मनिकापुर निवासी ३९ बर्षीय हेम बहादुर वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । मनिकापुरबाट हाइवय सडकतर्फ आउदै गरेको रा ८ प २१९० नम्बरको स्कुटी चलाएका हेम बहादुरले अत्यधिक मापसे गरेका कारण नियन्त्रण गुमाउदा आज दिउँसो २ बजेको समयमा स्कुटी पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका वलीको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । वली तुलसीपुर उपमहानगरपालिकाका कर्मचारीसमेत रहेको पारिवारिक स्रोतले जनाएको छ । दुर्घटनाको खबर पाएलगत्तै तुलसीपुर उप—महानगरपालिकाका मेयर टिकाराम खड्का उनको स्वास्थ्य अवस्था बुझ्न राप्ती प्रादेशिक अस्पतालमा पुग्नुभएको थियो । परिवारका सदस्य र स्वयंम घाइते वलीसँग स्वास्थ्य अवस्थाबारे बुझेर मेयर खड्का अस्पतालबाट फर्कीनुभएको छ ।।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।