सिरिया, ११ पुष । सिरियामा अपदस्थ नेता बशर अल–असदप्रति बफादार समूहको आक्रमणमा १४ जना सुरक्षाकर्मीको ज्यान गएको छ । अरु १० जना घाइते भएका छन् ।विद्रोही–नियन्त्रित नयाँ प्रशासनको आन्तरिक मामिला मन्त्रालयका १४ सुरक्षाकर्मी मारिएका नयाँ प्रशासनका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
एक जना पूर्वअधिकारीलाई सुरक्षा फौजले पक्राउ गर्ने प्रयास गरेपछि यो घटना भएको बीबीसीको खबरमा उल्लेख छ । दुई हप्ता मात्रै अघि राष्ट्रपति असदले सत्ता गुमाएका थिए ।
अहिले इस्लामवादी हायत तहरिर अल–शाम ९एचटीएस० नेतृत्वको विद्रोही समूहले सिरियामा सत्ता चलाइरहेको छ ।विद्रोहीहरूले असद परिवारको ५० वर्षको सत्ता अन्त्य गराएको थियो ।।
प्रकाशित मिति : २०८१ पुष ११ गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।