महोत्तरी, ६ पौष । महोत्तरीको मनरा शिसवा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराको एक समूहले घरधनीको हत्या गरेको छ । स्थानीय ७० वर्षीय सुशील झाको सातरआठ जनाको हतियारधारी समूहले हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । घरधनीको हत्या गरी लुटेराको समूहले लाखौँ रुपैयाँ बराबरको धनमाल पनि लुटेर लगेका छन् ।
झाको घरबाट सुनको मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान र ८० हजार रुपैयाँ नगद लुटेर लगेको डीएसपी जैसवारले जानकारी दिनुभयो । हत्या गरिएका घरधनी झाकी श्रीमती सामान्य घाइते हुनुहुन्छ । हत्या र अरु सरसामान के कति लुटपाट भएको छ भन्नेबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ पुष ६ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।