तुलसीपुर, ५ पौष । दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–७ का २५ बर्षीय विराट शर्मा र मोटरसाइकलमा पछाडी सवार उहाँकै बुवा ५१ बर्षीय भोलानाथ शर्मा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा १ प ३२१२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको रा ३ प ६०४४ नम्बरको मोटरसाइकल तुलसीपुर–१८ डाँडागाउँ नजिकै आज बेलुका सवा ५ बजेको समयमा आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी रा ३ प ६०४४ नम्बरको मोटरसाइकलमा सवार बुवाछोरा घाइते भएका हुन् । घाइते दुबैजनाको तुलसीपुर सिटि हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।