२०८३ कार्तिक १२ गते बुधवार

बसको ढोकाबाट खसेर दुईजनाको मृत्यु

काठमाण्डौं, १५ मंसिर ।  काठमाण्डौको तारकेश्वर नगरपालिका–८ शेषमतीको लामबगर शान्तिटोल गेट नजिक बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका–१ घर भई काठमाण्डौको तारकेश्वर–८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझा रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर घाइते भएका बसका सह–चालकको राष्ट्रिय ट्रमासेन्टरमा उपचार भइरहेको उहाँले बताउनुभयो । दुर्घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।