बाँके, १९ कात्तिक । बाँकेको नेपालगन्जमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज–६ का २६ वर्षीय अमनकुमार कसौधन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार बसपार्क बाइपास रोड नजिकै गएराति भे ६ प ८०२ र ग ३ प ७१७१ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटनामा भएको हो ।
दुर्घटनामा परी नेपालगन्ज–११ का १८ वर्षीय एहसान शेख घाइते भएका छन् । शेखको भेरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ । ज्यान गुमाउने कसौधन र घाइते शेख मोटरसाइकलका चालक रहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ कार्तिक १९ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।