तुलसीपुर, १० कात्तिक । दाङको तुलसीपुरमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा जिप चालक दाङको दंगीशरण गाउँपालिका–४ बैंबाङका २२ बर्षीय हिरामणी बुढा र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ बर्षीय सुरेश खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
यस्तै दुर्घटनामा परी कपुरकोट–६ की ३१ बर्षीया देवा वली, उहाँका १३ बर्षीय छोरा महेश वली र १० बर्षीय छोरा जिवन वली गम्भिर घाइते भएका छन् । उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ । पहरीका अनुसार रोल्पाबाट सल्यान हुदै तुलसीपुरतर्फ आउदै गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप जिप तुलसीपुर–३ को सात्तले नजिकै शनिबार बिहान ४ बजेको समयमा सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।