तनहुँ, २८ असोज । तनहुमा माइक्रोबसको ठक्करबाट एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्की रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मोटरसाइकलमा गोरखाबाट पोखरा जाँदै गरेका हवल्दार नहर्कीलाई पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोबसले ठक्कर दिएको हो ।।
प्रकाशित मिति : २०८१ असोज २८ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।