२०८३ कार्तिक १२ गते बुधवार

जिप दुर्घटनामा परी १ जनाको मृत्यु, ५ जना घाइते

काठमाण्डौं, १९ असोज ।  काठमाण्डौबाट लमजुङ जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डौका ५८ वर्षीय उपेन्द्र खनाल रहेको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्ग व्यस्त भएपछि ‘टोखा–छहरे सडक खण्ड’ हुँदै लमजुङ जाँदै गरेको बा १४ च ३८५४ नम्बरको जीप आज बिहान नुवाकोटको शिवपुरी गाउँपालिका–८ काफलडाँडामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइतेहरूको काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०८१ असोज १९ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।