तुलसीपुर, २४ भदौ । अटवारी पर्वको दोस्रो दिन आज अग्रासन दिएर धूमधामका साथ मनाइँदै छ । थारु समुदायले दिदीबहिनीको दीर्घायु र अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाउने गर्दछन् । अटवारी पर्वमा खास गरेर पुरुषहरू निराहार पानीसमेत नपिएर दिनभर व्रत बसीे साँझ गन्यारी नामको काठबाट आगो बालेर रोटी पकाइ भीमको पूजा गर्ने प्रचलन रहेको छ ।
अनदीको चामलको पिठोबाट बनेको ठोप्वा रोटी, र फलफूल अग्निदेवतालाई चढाई दिदीबहिनीलाई केही भाग छुट्याएर बाँकी भाग व्रतालुले खाने चलन रहेको छ । छुट्याइएको भागलाई अगा्रसन भनिन्छ । अट्वारीको दोस्रो दिन आज माछा, पवैको साग, सिल्टुङ, मााछा, पाप्रो लगायतका ३, ५, तथा ७ प्रकारका बेजोडा तरकारी पकाएर दिदीबहिनीलाई दिन जाने गर्दछन् ।
अग्रासन दिन गएको बेला दिदीभाइ, दाइबहिनीहरू अटवारीको खुसीयाली साटासाट गर्ने गरिन्छ । तर पछिल्लो समय कामकोे शिलशिलाका धेरै दाजुभाई घरदेखि टाढा भएकाले पनि अग्रासन दिन जाने चलनन हराउँदै गएको छ । पहिले अटवारी पर्व सांस्कृतिक र धार्मिक महत्त्वलाई उजागर गर्ने गरिएपनि पछिल्लो समय नयाँ पुस्ताले बिर्सिँदै जाँदा खानपान र मनोरञ्जनको रूपमा लिन थालिएको थारु अगुवाहरु बताउँछन् ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।