धेरै पहिला गाह्रो थियो, पानी पिउँनलाई ।
साह्रै दुःख कष्ट थियो, जीवन जिउँनलाई ।।
गाग्री बोकी खोलामा, जान्थे छोरी बुहारी ।
घरमा आउँदा पाकीसक्थ्यो, भात तरकारी ।।
अलिपछि गाउँमा बने, सार्वजनिक धारा ।
त्यही पनि मान्छेलाई लाग्न, थाल्यो टाढा ।।
कुर्दा कुर्दै पानी धारा, दिनै विताउँथ्यो ।
पालो आउला भन्दा भन्दै, सुर्य आउँदाउथ्यो ।।
के पुग्थ्यो र घरमा, दुईचार गाग्री पानीले ।
ट्वाइलेट पनि फोहर भयो, थोरै थोरै पानीले ।।
खोलानाला धेरै टाढा कहिले हो, नहाउँने ।
पानी सुक्दा पधेँरीमा, सधै मन दुःखाउने ।।
हामी सबैको घरघरमा, पिउने पानी धारा ।
अब हामीलाई जानुपर्दैन, खोला र किनारा ।।
पहिले पहिले पानी धारा, हुन्थे सहर सहरमा ।
अहिले भने पानी धारा, पुगे घर घरमा ।।
आजभोली मान्छेलाई, सुखका दिन आए ।
आफ्नै घरको धारामा, पानी खान पाए ।।
बाहिर पानी धारा, भित्र गाग्री खाली ।
मान्छे भुले मोबाइलमा नक्कल पारी पारी ।।
सधैँ हामीले पिउन पर्छ, स्वच्छ अनि सफा पानी ।
भन्छन् – ‘स्वच्छ सफा पानी’, सुन्दर जिन्दगानी ।।
सधै हामीले सफा राखौं, मुहान टंकी अनि धारा पानी ।
अकालमै ज्यान जान्थ्यो यस्ता कुरा हामीले नजानी ।।
उमालेर खाऔं पानी, भए फिल्टर नभएर छानेर ।
‘फोहर पानी रोगको खानी’ भन्ने कुरा सबैले जानेर ।।
जीवन विताऔं निरोगी भई, बनौ सबै स्वाभीमानी ।
जलस्रोतको धनी देश, हामी कति भाग्यमानी ।।
कवि – कृष्ण चन्द चिन्तक
तुलसीपुर ८ अश्वारा
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।