२०८३ कार्तिक १० गते सोमवार

तरकारीको भाउ घट्यो

काठमाण्डौं, १२ श्रावन ।  काठमाण्डौ उपत्यकामा तरकारीको भाउ थोरै घट्न थालेको छ । वर्षाले उपत्यका आसपासको जिल्लाका ग्रामिण सडक अबरुद्ध हुँदा तरकारीको भाउ अत्यधिक बढेकोमा आपूर्ति बढेकाले भाउ घट्न थालेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले जनाएको छ । पछिल्लो एक हप्तादेखि भाउ घट्न थालेको र अझै घट्ने महासंघले जनाएको छ । एक हप्ता अघिको तुलनामा गोलभेँडा, करेला, परवल, घिरौला, खुर्सानी, लौका लगातयका तरकारीको मूल्य घटको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार साउन ५ गते किलोको ९० रुपैयाँमा किनबेच भएको नेपाली ठूलो गोलभेँडा आज किलोको ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै एक हप्ता अघिको तुलनामा आलुको भाउ झन्डै चार प्रतिशतले घटेको छ । साउन ५ गते किलोको ८६ रुपैयाँमा कारोबार भएको स्थानीय काउली आज ७५ रुपैयाँ र एक सय १२ रुपैयाँमा कारोबार भएको स्थानीय ज्यापु काउली आज ९० रुपैयाँमा कारोबार भइरहेको छ ।।

प्रकाशित मिति : २०८१ साउन १२ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।