तुलसीपुर, १२ श्रावन । दाङमा यस बर्ष ६५ हजार फलफुल र जडिबुटीका बिरुवा रोपिएको छ । कृषि वन प्रवद्र्धन कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा ६५ हजार फलफुल तथा जडिबुटीका बिरुवा रोपिएको हो । कृषि वन प्रवद्र्धन कार्यक्रमअन्तर्गत करिव २५ हजार लिच्ची, २५ हजार आँप, दुई हजार पाँच सय श्रीखण्ड र १२ हजार पाँच सय टिमुर, तेजपात र मालागेडीलगायतका विरुवा रोपिएको डिभिजन कार्यालय घोराहीका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिनुभएको छ ।
कृषि वन कार्यक्रमअन्तर्गत नागरिकको जीवनस्तरमा अर्थिक वृद्धि गर्ने उद्देश्यले फलफुल र जडिबुटीका बिरुवा रोपिएको सूचना अधिकारी सापकोटाले बताउनुभयो । किसानले खेतीपनि गर्न सक्ने र डिलहरुमा बिरुवा रोपेर आम्दानी पनि लिन सक्ने गरि बिरुवाहरु रोपिएको सूचना अधिकारी सापकोटाले जानकारी दिनुभएको छ । सूचना अधिकारी सापकोटाका अनुसार डिभिजन वन कार्यालयले किसानलाई निशुल्क रुपमा विरुवासँगै विरुवा हुर्काउनका लागि प्रतिविरुवा १६ रुपैयाँका दरले दश लाख रुपियाँ प्रदान गरेको छ ।
डिभिजन वन कार्यालयले सामान्यतय जिल्लामा काठ र जडिबुटीका बिरुवा रोपिरहेको समयमा यो बर्ष कृषि वन कार्यक्रमअन्तर्गत फलफुका बिरुवा रोपिएको बताउनुभयो । उहाँका अनुसार घोराही र तुलसीपुर उपमहानगरपालिका, बंगलाचुली , शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकाका नौ वटा समूह र चार जना व्यक्तिले व्यक्तिगत रुपमा विरुवा रोप्नुभएको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।