२०८३ कार्तिक ११ गते मङ्गलवार

दुई बालकमा दादुरा–रुबेलाको संक्रमण पुष्टि

काठमाण्डौ, १२ श्रावन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् । आठ वर्षीय र २२ महिनाका बालकमा दादुरा–रुबेलाको सङक्रमण देखिएको छ । अन्य १९ जना शङ्कास्पद बिरामी रहेका छन् । उनीहरुमा दादुरा–रुबेला भएरनभएकोबारे परीक्षण भइरहेको छ । दादुरा–रुबेला नियन्त्रण तथा व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सम्बन्धित पालिका, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायसँग आवश्यक सहकार्य गरी जनशक्ति परिचालन गरेको जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय कञ्चनपुरको टोलीले छुट्टाछुट्टै रुपमा दादुरा–रुबेला देखिएको क्षेत्रमा पुगेर अनुसन्धान गरेका छन् । २२ महिनाका बालकले दीपनगर आधारभूत स्वास्थ्य केन्द्रमा नियमित खोपअन्तर्गत दादुरा–रुबेलाको खोप लगाएका हुन् भने आठ वर्षका बालक बसाइँसराइ गरेर शुक्लाफाँटा आएका हुन् । दादुरा–रुबेला देखिएका क्षेत्रमा खोप कार्यक्रम सञ्चालन गर्ने तयारी छ । दादुरा–रुबेला देखिएको क्षेत्रमा मात्रै खोप लगाउने वा पूरै नगरपालिका क्षेत्रमा लगाउने वा नजिकका पालिकामा पनि लगाउने भन्नेबारे छलफल भइरहेको स्वास्थ्य निर्देशनालय दिपायलको महामारी नियन्त्रणसम्बन्धीका सम्पर्क व्यक्ति हेमराज जोशीले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ साउन १२ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।