काठमाण्डौ, १५ असार । राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा धान रोपाइँ गर्नुभएको छ । राष्ट्रपति कार्यालयले शीतल निवासमा रोपाइँ कार्यक्रम गरेको हो । कार्यक्रममा राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेललगायत सहभागी हुनु भएको हो ।
रोपाइँमा सहभागी राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन आफू प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताउनुभएको छ ।।
प्रकाशित मिति : २०८१ असार १५ गते शनिवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।