२०८३ कार्तिक ११ गते मङ्गलवार

‘श्रमाधान रोजगार मेला’ आजदेखि सुरु हुँदै

काठमाडौँ, १७ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा ‘श्रमाधान रोजगार मेला’ आजदेखि सुरु हुँदै छ । सातै प्रदेशमा हुने यो मेलालाई पहिलो चरणमा आज र भोलि कोशी प्रदेशको विराटनगरमा गर्न लागिएको हो ।

मेलाको कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका पनि आयोजकका रूपमा छन् । मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यतालिका छ । नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिएको श्रममन्त्री अर्यालले बताउनुभयो ।

विराटनगरपछि मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते यो मेला गरिनेछ । त्यसपछि क्रमशः गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा जेठ २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा जेठ २५ र २६ गते तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते यो कार्यक्रम गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।