तुलसीपुर, ७ मंसिर । दाङ लगाएत देशका विभिन्न स्थानमा उत्पादन भएको फुल विक्री नहुदा पुष्प व्यवसायी निराश भएका छन । यसपालिको तिहारलाई लक्षित गरेर लगाइएका अधिकांस स्थानका फुलहरु विक्रि नभएपछी फुलखेती गर्दै आएका कृषकहरु निराश भएका हुन् । तिहारलाई मात्रै लक्षीत गरी फुलखेती गर्दा सोचेअनुसारको आम्दानी नभएको शान्तिनगर गाउँपालिका ३ का केबी वलीले बताउनुभयो । पहिलो पटक फुलखेती गरेको भएपनि लक्ष्य अनुसारको आम्दानी गर्न नसकिएको उहाको भनाई छ । फुलखेती गरेका व्यवसायीहरु बिचमा पनि एकता नहुदा झनै समस्या भएको भन्दै उहाले फुलखेती गर्ने कृषकहरुबिचमा सहकार्य हुन आवश्यक रहेको बताउनुभयो । साथै कृषक र स्थानिय सरकार बिचमा पनि समन्वय हुनुपर्ने उहाको भनाई छ । फुलमा हुने अस्वस्थ प्रतिष्प्रर्धालाई रोक्न र मुल्यमा एकरुपता ल्याउनका लागी तुलसीपुर उपमहानगपालिकाले यसपालीको तिहार सुरु हुनु अगाबै फुलको मुल्य निर्धारण गरेको थियो । जसमा सयपत्री फुलको मुल्य प्रतिकिलो ३ सय रुपैयाँ उल्लेख गरिएको थियो । तर, नगरपालिकाले निर्धारण गरेको मुल्यमा फुल विक्रि नभएपछि कृषकले आ–आफ्नै तरिकाले फुल विक्रि गरेका थिए ।
सय रुपैया किलोमा पनि फुल विक्री नभएपछी फ्रिमा दिन बाध्य भएको तुलसीपुर १३ बखरियाका पुष्प व्यवसायी गणेशमान सिंहले बताउनुभयो । ४ क्विइन्टल फुल विक्री गर्न सफल भएपनी २ क्विइन्टल फुल फ्रिमा बाढेको उहाले बताउनुभयो । अझै ५/७ क्विइन्टल जती फुल बाकी रहेको उहाको भनाई छ । थोरै जग्गामा फुलखेती गरेका कृषकले जनतन बिक्री गरेपनी धेरै क्षेत्रफलमा फुलखेती गरेका कृषकलाई भने फुल विक्री गर्न समस्या भएको छ । रनियापुरका सन्दिप मल्लले सानो क्षेत्रफलमा फुलखेती गरेकाले बजारीकरणको चुनौतीका बाबजुद पनी उत्पादन भएजती फुल विक्री गर्न सफल भएको बताउनुभएको छ । यस्तै तुलसीपुरका अर्का पुष्प व्यवसायी गणेश भण्डारीले यसपाली फुलले सोचअनुसारको बजार नपाएपछी फुलखेतीमा आकर्षीत भएका युवाहरु पलायन हुने सम्भावना बढेको बताउनुभएको छ । यसमा स्थानिय सरकारले गम्भिर भएर सोच्नुपर्ने उहाको भनाई छ । तिहारलाई लक्षीत गरेर उत्पादन गरिएको फुल विक्री गर्न बाकी रहेकाले यसको सदुपयोगका लागी पनी सरकारले पुष्प व्यवसायीलाई सहयोग गर्न आवश्यक रहेको उहाले बताउनुभयो । तुलसीपुरमा पनी फुलखेतीको राम्रो सम्भावना रहेको उहाको भनाई छ ।
गतवर्ष फुलखेतीबाट राम्रो आम्दानी भएपछी हौसिएका किसानले यसपाली ठुलो मात्रामा फुलखेती गरेका थिए । तर, धेरैले फुलखेती गरेकाले ठुलो मात्रामा फुल उत्पादन भएपछी बजारीकरणमा समस्या भएको हो । दाङमा यसपालीको तिहारलाई मात्रै लक्षीत गरेर झन्डै २२ विगाह क्षेत्रफलमा फुलखेती गरिएको कृषी ज्ञान केन्द्र दाङले जनाएको छ । दाङ लगाएत देशैभर आवश्यकता भन्दा बढि फुल उत्पादन भएपछी बजारिकरणमा समस्या भएको केन्द्रका सूचना अधिकारी तथा कृषी अर्थविज्ञ पृथ्वीराज लामीछानेले बताउनुभएको छ । देखासिकी र लहलहैमा लागेर सबैले एउटै पेशा गर्न खोज्दा समस्या भएको उहाको भनाई छ । विगतमा जस्तै सोचेर सबैजनाले यसपाली फुलखेती गरेकाले धेरै उत्पादन हुदा विक्री नभएको उहाले बताउनुभयो । फुल विक्रि नहुदा कृषकमा भएको उत्शाह घटेको भन्दै फुल उत्पादक कृषकहरु निराश हुने अवस्था आएको उहाको भनाई छ ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।