२०८३ कार्तिक १० गते सोमवार

हात्तिपाईले रोग विरुद्धको औषधी आज पनि खुवाईने

तुलसीपुर,१३ फागुन । दाङमा हिजोदेखी हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउन सुरु गरीएको छ । यो क्रम आज र भोली सम्म चल्ने जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका मलेरिया निरीक्षक कमल चन्दका अनुसार आज र भोली घर घरमा औषधि खुवाउने कार्यक्रम रहेको छ । हिजो पहिलो दिन टोल केन्द्रहरु बाट औषधि खवाइएको थियो । दाङ सहित २४ जिल्लामा औषधि खुवाउन थालिएको हो । यता तुलसीपुर उपमहानगरपालिका मेयर घनस्याम पाण्डेबाट हात्तिपाईले रोग विरुद्धको औषधि खाएर कार्यक्रमको उद्घाटन गरिएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।