आखा उपचार सेवा अव नेपालीको लगानीमा – प्रा.डा.मिश्र

तुलसीपुर,१२ फागुन ।
नेपाल नेत्रज्योती संघ दाङ ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जको आयोजनामा प्रदेश नम्वर ५,६ र ७ तथा तत्कालिन मध्यपश्चिमान्चल र सुदुरपश्चिमान्चल स्तरिय क्षेत्रिय कार्यशाखा गोष्ठी आज तुलसीपुर ४ रक्षाचौरमा सम्पन्न भएको छ ।

देश संघिय संरचनामा गईसकेकाले अव नेत्रज्योती संघलाई कसरी व्यवस्थित र गुणस्तरिय सेवा प्रदानका लागी भावी योजना निर्माण गर्ने उद्देश्यले गोष्ठिको आयोजना गरीएको हो ।  गोष्ठीको उद्घाटन गर्दै नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राध्यापक डा.तिर्थ प्रसाद मिश्रले आखा सेवालाई अव देखि नेपाली लगानिमा सञ्चालन गर्ने बताएका छन। स्वदेशि र विदेशि लगानीबाट अहिलेसम्म धेरैलाई नँया दृष्टि दिएको बताउदै अव हरेक नेपालीको सहयोगबाट आखा सेवा लाई प्रभावकारी बनाउने उनले बताए।

सरकारले समेत आखा श्वास्थ्य सेवा लाई नेत्रज्योति संघ मार्फत नै सञ्चालन गर्नुपर्ने निर्णय गरिसकेको उनले बताए । उनले दृष्टिविहीन न्युनिकरणमा नेत्रज्ेयाति संघको उलेख्य योगदान गरेको बताएका थिए । नेत्रज्योति संघका दाङ जिल्ला सभापति कृष्ण कुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रमा ५ नम्वर प्रदेशका उच्च अदालतका न्यायधिस गोर्कण डाँगी, ५ नम्वर प्रदेश सदस्य उत्तरकुमार वली, नेकपा एमालेका दाङका अध्यक्ष टिकाराम खड्का, नेपाली काग्रेस दाङका सचिव टेक बहादुर वली, प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे, नेत्रज्योती संघका केन्द्रिय महासचिव श्याम कुमार पाख्रेल, नेत्रज्योती संघ शाखाको तर्फबाट वैतडीका विष्णुदत्त जोसी, नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मी, नेत्रहिन संघ दाङका अध्यक्ष राम बहादुर खड्का, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अधयक्ष खेमराज वली लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

संघ दाङका अध्यक्ष गिरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । त्यस्तैगरी कार्यक्रममा संघको कानुनी सल्लाहकारमा रही योगदान गरेको भन्दै न्यायधिस गोर्कण डाँगीलाई सम्मान गरीएको थियो । संघ दाङका उपसभापति रेशम बहादुर खड्काको स्वागत तथा श्रीजना खनाल र समिक्षा चौधरीको स्वागत गान प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण संघका सचिव सुरेन्द्र खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया