२०८३ मङ्सिर १० गते बिहिवार

राप्ती प्रादेशिकमा छैन एन्टिरेबिज भ्याक्सिन

निःशुल्क पाइने भ्याक्सिन ६२५ रुपैयाँमा किन्न वाध्य

तुलसीपुर, २८ जेठ । ‘अस्पतालमा भ्याक्सिन छैन । गेटबाहिर रेग्मी फार्मेसीबाट लिएर आउनूस् भन्नुभयो । त्यहाँ जाँदा ६ सय २५ रुपैयाँ भन्नुभयो । गोजामा ५० रुपैयाँ  मात्रै छ । फेरि यो घाममा हिँड्दै बस पार्कमा भाडामा बस्दै आएकी बुहारीसँग मागेर ल्याएँ । ठूलो अस्पताल भन्ने मात्रै रहेछ । गरिबका दाउ कबै नआउ भने जस्तै हामी गरिबलाई जहाँ गएपछि त्यस्तै हो ।’

जेठ २५ गते घाँस काट्न वनमा गएको बेला स्यालले टोकेपछि एन्टिरेबिज भ्याक्सिनको खोप लगाउन राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आउनु भएका जाजरकोटको जुनीचाँदे गाउँपालिका –२ निवासी ६० वर्षका जल्धरे दमाईको पिडा हो यो ।
‘छोराबुहारी यतै ज्यालामजदुरी गरेर बस्दै आएका छन् । स्यालले टोकेको खबर पाएपछि छोराले दाङमा ठूलो सरकारी अस्पतालमा छ । यतै आउ ‘बा’ उपचार गरमला भनेर बोलायो । एउटा सुई नपाइने अस्पताललाई के अस्पताल भन्ने ? बेकारमा ।’ दमाइले भन्नुभयाे ।    यो त उदाहरण मात्रै हो । दैनिक भ्याक्सिन लगाउन आउँने नागरिकले निःशुल्क पाइने भ्याक्सिन लाई किनेर लगाउँन बाध्य भएका छन् । 

यता तुलसीपुर ६ निवासी योगेश लामिछानेले अस्पताल प्रशासनको लापरवाहीका कारण नागरिकले निःशुल्क पाउने औषधिलाई किन्न बाध्य भएको बताउनुभयो । जनताको समस्यालाई अस्पताल प्रमुखले आफ्नो समस्या नठान्दा यस्ता समस्याहरू सँधै दोहरिरहने लामिछानेले बताउनुभयो । ओपिडी इन्चार्ज सुनिता पोख्रेलका अनुसार अस्पतालमा दैनिक १५ देखि २५ जनासम्म भ्याक्सिन लगाउन आउने गर्छन । एन्टिरेबिज भ्याक्सिनलाई प्रति गोटा ६ सय २४ रुपैयाँ पर्दछ । 

के भन्छन् निमित्त मेसु ?

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ओम प्रसाद अर्यालले भ्याक्सिन ल्याउन पहल भइरहेको बताउनु भएको छ । ‘भ्याक्सिनका लागि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा साथीलाई फोन गरेको थिए फोन उठेको छैन । प्रयास गरिरहेको छु ।’ निमित्त प्रमुख मेसुले भन्नुभयो । गएको जेठ १८ गतेदेखि भ्याक्सिन सकिएको अस्पतालले जनाएको छ ।  

 

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।