सल्यान अस्पतालमा खकार जाँच गर्ने मेसिन जडान

बुद्धिपुन,सल्यान २८ माघ ।
जिल्ला अस्पताल सल्यानमा खकार जाँच गर्ने मेसिन जडान भएको छ । खकार जाँच गरी क्षयरोग पत्ता लगाउन प्रयोग गरिने जीन एक्स पर्ट मेसिन आज जडान गरिएको हो । यो मेसिन नहुदाँ यहाँका नागरिक महंगो शुल्क तिरेर दाङ, बुटवल, नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको थियो ।

जिल्ला अस्पतालमा यस प्रकारको मेसिन सञ्चालनमा आएसंगै नागरिकलाई सजिलो हुने जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढाले बताउनुभयो । बिराट नेपाल मेडिकल ट्रष्टले जिल्ला अस्पताल सल्यानलाई बीस लाख बराबरको जीन एक्स पर्ट मेसिन सहयोग गरेपछि जिल्ला अस्पतालमा मेसिन जडान भएको हो ।

प्रकाशित मिति : २०७४ माघ २८ गते आइतवार
प्रतिक्रिया