२०८३ कार्तिक १० गते सोमवार

मृगौला पिडित पौडेललाई सहयोग

सन्तोष अधिकारी दाङ, २२ माघ । दाङ देउखुरी होटल व्यवसायी समितिका महासचिब लुटुप्रसाद पौडेलको दुवै मृगौलाले कामगर्न छोडेपछि उपचारका लागि सहयोग अभियान सुरु भएको छ । पौडेलकी छोरी शारदा सहितका युवाहरुले घोराहीका विभिन्न कलेज तथा विद्यालयहरुमा गई सहयोग उठाईरहेकाछन् । सोमबार मात्रै घोराहीका कलेज तथा विद्यालयहरुबाट ४४ हजार ५ सय रुपैया आर्थिक सहयोग संकलन भएको छ । पौडेलको छोरी शारदाले अध्ययन गरीरहेको दाङ भ्याली कलेजका विद्यार्थीहरुले २० हजार ६० रुपैया सहयोग गरेका छन् । कलेजमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर पौडेलको उपचारका लागि सहयोग गरेका हुन् । कलेजमा अध्ययन गर्ने कक्षा ११ देखि स्नातक चौथो वर्ष सम्मका विद्यार्थीहरुले आफ्नो साथी शारदा पौडेलको बुवा मृगौला पीडित लुटुप्रसाद पौडेलको उपचारका लागि सहयोग गरेका हुन् । कलेजले सोमबार विहान विद्यालयमा एक अनौपचारिक कार्यक्रमको आयोजना गरेर रकम हस्तान्तरण गरेको हो । कलेजका प्रिन्सीपल दानबहादुर केसी सहित शिक्षक विद्यार्थीहरुले सो रकम शारदालाई हस्तान्तरण गरेका हुन् । यस्तै घोराहीको मार्क कलेज परिवारले १४ हजार रुपैया सहयोग गरेको छ । मार्क कलेजको तर्फबाट ५ हजार पाँच सय रुपैया, नौलाबहादुर खड्काले ५ हजार, शंकरप्रसाद डाँगी, संजय बगाले, धनिराम न्यौपानेले एक एक हजार र यज्ञ केसीले ५ सय रुपैया गरी १४ हजार रुपैया सहयोग गरेकाहुन् । कलेजले पनि एक अनौपचारिक कार्यक्रम गरेर पौडेलकी छोरी शारदालाई क्याम्पस प्रमुख शंकरप्रसाद डाँगी लगाएतका शिक्षकहरुले उक्त रकम हस्तान्तरण गरेकाहुन् । यसैगरी घोराहीको शान्ति निकेतन आवासीय माविले पनि १० हजार ५ सय रुपैया सहयोग गरेको छ । कलेजका विद्यार्थीहरुले संकलन गरेको रकम मृगौला पीडित पौडेलको उपचारका लागि सहयोगहुने भन्दै शारदालाई हस्तान्तरण गरेका हुन् । विद्यालय अभिभावक संघका पुर्व अध्यक्ष समेत रहेका मृगौला पीडित पौडेलको उपचारका लागि शान्ति निकेतनका विद्यार्थीहरुले रकम सहयोग गरेको बताएका छन् । पीडित पौडेलकी छोरी शारदा पौडेलले शान्ती निकेतन विद्यालयबाट एसएलसी उत्तिर्ण गरेकीहुन् ।

प्रकाशित मिति : २०७४ माघ २२ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।