२०८३ कार्तिक ९ गते आइतवार

युवाहरुको सक्रियतामा सल्यानमा वृहत स्वास्थ्य शिविर

मिना बुढाथोकी , माघ २२ सल्यान । सल्यानी युवा सञ्जालको आयोजनामा शनिबार सल्यानको वागचौरमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । वागचौर नगरपालिकोको सहकार्य र रोटरी क्लव अफ काठमाडौँको सहयोगमा भएको स्वास्थ्य शिविरमा काठमाडौँ मेडिकल कलेजका १७ जना विशेषज्ञ डाक्टर र जिल्लाका ३ जना विशेषज्ञ डाक्टरहरुले विरामीहरुको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा सामान्य स्वास्थ्य परिक्षण, आँखा तथा दाँतको जाँच र उपचार, सुगरको जाँच लगायतका सेवाहरु दिइएको सल्यानी युवा संजालका अध्यक्ष सुदर्शन बुढाथोकीले बतउनुभयो । शिविरमा पुरुषको तुलनामा तेव्वर बढि महिलाहरुले सेवा लिएका छन् । ९ सय ६३ जनाले स्वास्थ्य सेवा लिइएकोमा ७ सय २० जना महिला रहेको उनले बताउनुभयो । शिविरमा स्वास्थ्य सेवा लिनको लागी कुमाख गाउपालिका, दार्मा गाउपालिका वागचौर नगरपालिका र रोल्पा जिल्लाबाट समेत विरामीहरु आएका थिए । विरामीहरुको स्वास्थ्य परिक्षण पश्चात आवश्यकता अनुसार औषधि समेत दिइएको चेकजाँचमा संलग्न शिक्षण अस्पतालका इमेर्जेन्सी विभागमा कार्यरत डा.नितेन्द्र बज्राचार्यले बताउनुभयो । स्वास्थ्य सेवामा लिएका मध्ये १२ जना क्षयरोगका शंकास्पद विरामी फेला परेका छन् । यस्तै ४६ जना मोतियाविन्दुका विरामी फेला परेको संजालका अध्यक्ष बुढाथोकीले बताए । मोतियाविन्दुको समस्या देखिएकालाई एक महिना भित्रमा यहि स्थानमा निशुल्क अप्रेशन गर्ने योजना बनाएका छौँ बुढाथोकीले भन्नुभयो अन्य भेटिएका गम्भिर विरामीहरुलाई पनि रिफरको व्यवस्था मिलाएका छौँ । जिल्लामा सामाजिक क्षेत्रमा स्वयंसेवकिय रुपमा काम गर्दै आएको सल्यानी युवा संजालले जिल्लाको पर्यटन, कृषि र साहित्यको विकासमा दर्जन बढि कामहरु गरिसकेको छ ।  

प्रकाशित मिति : २०७४ माघ २२ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।