२०८३ कार्तिक ९ गते आइतवार

स्टेचर प्रयोग गरे दुई सय भाडा

  बुद्धिमान पुन, माघ १७ सल्यान । सल्यानको एक नगरपािलका भित्र बिरामी बोक्ने स्टेचरको भाडा तिर्नु पर्ने बाध्यता रहेको छ । बिरामी बोक्नलाई एम्बुलेन्स वा अन्य कुनै सवारी साधनको प्रयोग गरेमा भाडा तिर्नु पर्ने अबस्था छदैँ छ तर यहाँ भने स्टेचरको समेत भाडा तिर्नु पर्ने अबस्था रहेको छ । स्टेचरले गर्भबती महिलालाई सुत्केरी बनाउन स्वास्थ्य संस्था सम्म लैजानुका साथै बिरामीहरुलाई स्वास्थ्य संस्था सम्म लैजान र ल्याउन महत्वपूर्ण भूमिका निर्बाह गर्छ । स्टेचर हरेक स्वास्थ्य संस्थाहरुका साथै महिला स्वास्थ्य स्वयमसेबिकाहरुको निगरानीमा हरेक टोलहरुमा रहेका हुन्छन् । तर जिल्लाको बागचौर नगरपालिका अन्र्तगत कोटमौलाका स्थानियहरुले भने भाडा तिरेर स्टेचरको प्रयोग गर्ने गरेका छन् । आफ्नो टोमा स्टेचर नहुदाँ दुई सय रुपैँया भाडा तिरेर स्टेचरको प्रयोग गरेको बागचौर नगरपालिका वडा नम्बर ९ बथान कि पबिता कुमारी शर्माले बताईन् ।

प्रकाशित मिति : २०७४ माघ १७ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।