२०८३ कार्तिक ९ गते आइतवार

 भारतको कम्युनिष्ट आन्दोलन 

भारत लामो समय वर्षजति बेलायतको प्रत्यक्ष अप्रत्यक्ष उपनिवेश रह्यो । दोस्रो विश्वयुद्धको समाप्ती पछि भारतमा पनि सामाजिक जागरण र स्वतन्त्रताको अभियानले  गति लिदै गयो । सन १९४६ सम्म आइपुग्दा बेलायती, साम्राज्यवाद विरुद्धको संघर्ष सामन्ती शोषणका विरुद्ध किसान संघर्ष विकसित हुँदै थियो । सन १९१८ लेनिनको नेतृत्वमा दोस्रो अन्तराष्ट्रिय गठन भयो । जसलाई कम्युनिष्ट अन्तराष्ट्रिय भनिन्थ्यो । उक्त अन्तराष्ट्रिय गठनको सम्मेलनमा भारतबाट पनि प्रतिनिधित्व भएको थियो । भारतको कानपुरमा सन १९२५ मा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । सन १९२७ मा  पुग्दा त्यसको पूर्णरगठन गरियो । सन १९२५ डिसेम्बर २६ मा भारतमा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । जतिबेला चीनमा कम्युनिष्ट पार्टीको स्थापना भएर पार्टीले डा. सन् यात्सेनसंग संयुक्त मोर्चा कायम गरेको थियो । जतिबेला भारतमा कम्युनिष्ट पार्टी गठन भयो त्यतिबेला भारत बेलायतको उपनिवेश थियो । तर भारतीय कम्युनिष्ट पार्टीले बेलायती औपनिवेशिकताको विरुद्ध सङ्घर्षको ठोस कार्यक्रम प्रस्तुत गर्न सकेन । दोस्रो विश्वयुद्धका बेला जर्मनीका विरुद्ध लड्न सोभियत संघ र बेलायतको मोर्चा बन्दी भयो । त्यही रुसी प्रभावका कारण भाकपाले आफ्नै देशमाथि औपनिवेशिकता र अवसर वादी नीति थियो । चीनमा माओले जसरी दोस्रो विश्व युद्धकैबीच जापानी साम्राज्यवाद विरुद्धको सङ्घर्षमा निर्णायक नेतृत्व लिए । भाकपाले बेलायती साम्राज्यवादका विरुद्ध सङ्घर्षको कुनै पहल लिन सकेन । बरु महात्मा गान्धी डा. राजेन्द्र प्रसाद लगायतका नेताहरुले राष्ट्रवादी आन्दोलनको नेतृत्व गरे ।

यही सङ्घर्षले भारतमा बुर्जुवा शक्तिहरू लोक प्रिया र कम्युनिष्ट पार्टी आलोक प्रिय बन्दै गयो । भाकपाले स्टालिनको सुझाव मान्दा राष्ट्रियताको आन्दोलन कम्जोर बन्दै गएको थियो । यसर्थ नक्सालवादी आन्दोलन भाकमा संस्थागत भएको संशोधनवादी एवम् राष्ट्रिय आत्मसमर्पणवादी नीतिका विरुद्ध लक्षित रह्यो । सन १८४७ मा भारत स्वतन्त्र भयो । त्यसपछि भाकपाले संसदीय चुनावमा भागलिने र त्यहीबाट शान्तिपूर्ण ढंगले समाजवादी व्यवस्था स्थापना गर्ने नीति लियो । जुन नीति सही थिएन । कम्युनिष्टहरुले समाजवादी व्यवस्थाका नीम्ती संसदको उपयोग गर्न सक्छन् । तर संसदवादलाई स्वीकार्न सक्दैनन् ।

चुनावी संघर्ष क्रान्तिको तयारी र प्रचारका रुपमा हुनुपर्नेमा भाकपाले रणनीतिको अर्थमा ग्रहण गरेको थियो । संसदीय निर्वाचनलाई नै क्रान्तिको एकमात्र विकल्प ठान्ने भाकपाले राष्ट्रिय मुक्ती संघर्षको नेतृत्व गरेको काँग्रेससंग प्रतिस्पर्धा गर्न सम्भव भएन । भारत स्वतन्त्र भएपछि भाकपाले सन१९५१मा भएको पहिलो संसदीय चुनावमा प्रतिपक्ष दल बन्ने वसर प्राप्त ग¥यो । जम्मा ४८९ सीट मध्य भारतीय काँग्रेसले ३६४ सीटमा विजयी हासील गरि नेहरुको नेतृत्वमा सरकार बनायो । भाकपाले १६ सीटमा  विजय हासील गरि प्रमुख प्रतिपक्ष दल बन्यो । सरकार बनाउने काँग्रेस र प्रमुख प्रतिपक्ष भाकपाको विचमा यति धेरै अन्तर हुनुको कारण भाकपाको स्वतन्त्रता आन्दोलन प्रतिको अवसरवादी नीति नै थियो । सन १९५७ मा  केरला प्रान्तमा कम्युनिष्टहरुको सरकार बन्यो । उक्त सरकारले शैक्षिक सुधार , किसानका लागि भूमि सुधार लगाएतका केही प्रगतिशील काम ग¥यो । यद्यपी माथिल्लो वर्ग यस्तो सुधारका विपक्षमा उभियो । त्यसै बहानामा केन्द्र सरकारले केरलाको कम्युनिष्ट सरकारलाई अपदस्त गरिदियो ।

जसले प्रष्टाउँछ । राज्य सत्ता माथि पूर्णतः विजय हासील नगरि कम्युनिष्टहरु चुनाव मार्फत समाजवादी व्यवस्था स्थापना गर्न सक्दैनन् । सन १९६४ मा भाकपा विभाजित भएर भाकपा माक्सवादी बन्यो । सन १९५६ को रुस चीन विवादमा चिनियाँ धुरीमा रहेका कम्युनिष्टहरूले नक्सालवादी आन्दोलनको नेतृत्व गरेका थिए । आन्दोलनले छरियर रहेका किसानलाई संगठित गर्दै क्रान्तिको झण्डा उठायो । यस आन्दोलन रुसमा खुश्चोवले दक्षिणपन्थी बाटो लिएपछि रक्षात्मक दिसातिर धकिलिएको विश्व कम्युनिष्ट आन्दोलनमा उर्जा भर्ने काम ग¥यो ।

यससंगै तेलंगाना आन्दोलन बंगाल आन्दोलन लगायतका विद्रोहहरु पनि भारतको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण मानिन्छन् । सन १९६७ बाट सुरु भएको नक्सालवादी आन्दोलन नयाँ जनवादी क्रान्तिको उद्देश्यद्धारा प्रेरित कम्युनिष्ट आन्दोलन थियो । आन्दोलनका क्रममा क्रान्तिकारीहरुले स्थानिय सामन्तहरुको जमीन कब्जा गरि किसानहरुलाई वितरण गरेका थिए । सङ्घर्षले भारतभरि प्रभाव राख्न थाल्यो । मुख्यतः किसानहरुको चरम शोषण गरिएका प्रान्तहरुको दिसा, पञ्जाव, उत्तर प्रदेश, केरलाका केही इलाकाहरुसम्म फैलियो तर कम्युनिष्ट पार्टी भित्र देखिएको वैचारिक मतभेद र अक्रर्मण्यताका कारण संघर्षले अपेक्षित गति लिन सकेन । यस सङ्घर्षको नेतृत्व चारुममजुम्दारले गरेका थिए । नक्सालवादी आन्दोलनको निश्कर्ष थियो । भाकपा माक्सवादी संशोधनवादी पार्टी हो । यसका विरुद्ध वैचारिक प्रतिरोध गर्नुपर्छ । भारतले चीनको कार्यदिसालाई अंगिकार गर्नुपर्छ । चीनको बाटो नै भारतीय जनताको मुक्तीको बाटो हो । नक्सालवादी आन्दोलने विचारधारत्मक तयारी र कामको महत्वलाई जति गम्भिरता पूर्वक लिनुपथ्र्यो त्यसैगरी लिन सकेन ।

राजनीतिक आन्दोलन विना जनसंगठन र जनआन्दोलनविना तुरुन्तै ससाना गुप्त लडाकु दलहरु बनाउन थालियो । प्रारम्भमा निकै उत्साहजनक रुपमा अघि बढेको आन्दोलनले जनतालाई क्रान्तिकारी सङ्घर्षको महत्व वैचारिक रुपमा बुझाउन सकेन । सशस्त्र संघर्षको बाटो अख्तियार गरेको आन्दोलने मजदुर किसानको एकताको आधारमा क्रान्तिको नीतिबारे प्रचार गर्न भूमिगत संगठनको विकास गर्ने लगायतका कामलाई गति दिन थालिएको थियो । यसले विचारधारात्मक क्षेत्रमा केहि मौलिक र गुणात्मक योगदान पनि ग¥यो । नक्सालवादी आन्दोलनमा तिब्र वैचारिक संघर्ष थियो । भाकपा मालेलाई संशोधनवादी पार्टीका रुपमा विश्लेषण गरेर आन्दोलन भित्र दिर्घकालिन जनयुद्ध कि शसस्त्र संघर्ष भन्ने ? प्रश्न पेचिलो बन्दै गयो । यही वैचारिक मतभेदका कारण सन १९६९ देखि नै नक्सालवादी आन्दोलनमा उर्भरता कम्जोर हुँदै गयो । चारुमजुम्दार दिर्घकालिन जनयुद्धका पक्षपाति थिए ।

उनले चीनका अध्यक्ष हाम्रा पनि अध्यक्ष हुन् । माक्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधाराको आलोकमा दिर्घकालिन जनयुद्ध गनुपर्छ भन्ने मान्यता अघि सारे । नक्सालवादी आन्दोलनमा चिनीयाँ कम्युनिष्ट पार्टीका नेताहरुको पनि सल्लाह र सहयोग थियो । चिनियाँ कम्युनिष्ट पार्टीले मजुम्दारलाई क्रान्तिको निर्यात नगर्न र आफ्नै देशको विशेषतामा टेकेर क्रान्तिलाई अगाडि बढाउन सुझाव दिएको थियो । चीनको चिठ्ठीमा लेखिएको थियो ।कुनै देशमा हुने क्रान्ति त्यस देशको आफ्नै अनुभवको सार हो । संशोधन वादको विरोधमा भएको लडाइमा हामीले विचारको आदानप्रदान गर्नुपर्छ ।

तर यदि कुनै अन्तराष्ट्रिय संस्थाले हस्तक्षेप गर्छ भने त्यो विराम हुन्छ । विश्वमा पहिलो औद्योगिक क्रान्ति बेलायतमा भएको थियो । बेलायतको उपनिवेश भएका कारण भारतमा पनि औद्योगिक क्रान्तिको प्रभाव पा¥यो । बेलायती उत्पादन बजारको खोजीमा निर्माण गरिएको ब्रिटिस इष्ट इन्डिया कम्पनीले भारतमा पनि केही भौतिक विकास गरको थियो यद्यपी त्यस्तो विकास सिमीत सहरी क्षेत्रमा केन्द्रीत थियो । तर औद्योगिक विकासका कारण शहरी क्षेत्रमा विद्रोह संगठित गर्न सक्ने आधार तयार बन्दै गएको थियो । एकातिर सुरु देखि नै कम्युनिष्टहरूले राष्ट्रिय मुक्ती आन्दोलनको नेतृत्व गर्न नसक्नु र अर्कातिर भारतको विशेषता अनुसार क्रान्तिको मौलिक कार्यदिसा विकास गर्न नसक्नुले भारतीय कम्युनिष्ट आन्दोलनले सोचे अनुसार प्रगति गर्न सकेन् । नक्सालवादी आन्दोलन कम्जोर भएपनि अहिले भारतमा कम्युनिष्टहरु विभिन्न ध्रुवमा बाँडिएर  राजनीतिक संघर्ष गरिरहेका छन् । भाकपा माले भाकपा माक्सवादी लगायतका पार्टीहरु चुनवी प्रतिस्पर्धामा छन् । यद्यपी पछिल्लो समय उनिहरुको जनमत निरन्तर ओरालो लाग्दो छ । अर्कातिर भाकपा माओवादी गाउँले सहर घेर्ने दिर्घकालिन जनयुद्धकै प्रकृयामा छ । 

प्रकाशित मिति : २०७९ चैत्र ११ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।