नारायणपुर महोत्सवमा ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहने

नारायणपुर, ९ माघ /

नारायणपुरमा यही माघ १२ गतेदेखी २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा सञ्चालन हुने ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजक नारायणपुर उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।

नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ हुने महोत्सवमा दैनिक कलाकारिताका विभिन्न विधाका कलाकारहरुको प्रस्तुति रहने आयोजक मूल समितिका संयोजक महेन्द्रकुमार दाहालले जानकारी दिनुभयो ।

महोत्सवमा कलाकारहरु प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, कमल खत्री, ज्योति मगर, रमेशराज भट्टराई, भूमीका गिरी, सुनिल गिरी, प्रीति आले, पल्पसा डंगोल(चम्चुरी), सुरविर पण्डीत(दाह्रीबुढा), साहिमा श्रेष्ठ, विनु खड्का, श्रृजना खत्री लगायतका कलाकारहरुको प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक अभियान बस्नेतले जानकारी दिनुभयो ।

२ सय बढि स्टलहरु रहने महोत्सवकालागि मंगलवारसम्म ७० प्रतिशत स्टल बुकिङ भईसकेको छ । साथै स्टल बुकिङकालागि नारायणपुर एद्योग वाणिज्य संघको कार्यालयमा सम्पर्क गर्न अध्यक्ष महेन्द्रकुमार दाहालले जानकारी दिनुभयो । महोत्सवमा व्यापारिक, पर्यटन, कृषी एवं अन्य स्टलहरु रहने उहाँले जानकारी दिनुभयो । करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ३ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको महासचिव दिपक सुवेदीे जानकारी दिनुभयो ।

महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रबाट उत्पादित वस्तुहरुको पर्दशनी, यस क्षेत्रका पर्यटकिय स्थलहरुको चिनारी, जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, चर्चित कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुति, यशियार्क सबैभन्दा होची महिला हेर्न पाईने, घोडा सवारको व्यवस्था गरिने, योथ शिवीर तथा धार्मीक प्रवचन एवं झुला, मौतका कुवा, पिङ, ब्रेक डान्स सहित बाल उद्यानका सम्पूर्ण सामाग्री रहनेछन् ।

महोत्सवमा प्रवेशकालागि ५० रुपैयाको टिकटको व्यवस्था गरिएको छ । टिकटमा विद्यार्थीहरुकालागि विशेष छुटका साथ ४० रुपैया र ७५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक एवं क र ख वर्गको परिचयपत्र भएका अपांगहरुकालागि निशुल्क प्रवेशकालागि फोटोसहित पास उपलब्ध गराउने संघका महासचिव दिपक सुवेदीले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० को वडा कार्यालयदेखी १ सय ५० मिटर दक्षीण पश्चीममा रहेको खाली जग्गामा महोत्सव सञ्चालन हुने आयोजक नारायणपुर उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७४ माघ १० गते बुधवार
प्रतिक्रिया