२०८३ कार्तिक ९ गते आइतवार

मापसेले बढायाे सवारी दुर्घटना, जिम्मेवार को ?

तुलसीपुर ७ फागुन ।  हिजो आज दिनहुँ जस्तो सवारी दुर्घटना भइरहेका खबरहरू आउँछन् । सवारी दुर्घटना हुँदा वा घाइते भएको खबर सुन्दा पनि ठूलै घटना लाग्ने आम नागरिकलाई मृत्युको कुरा सुन्दा झनै ठूलो नलाग्ने त कुरै भएन । तर दैनिक हुने दुर्घटनाले यस्तो बनायो कि घाइते त सामान्य लाग्न थाले हुँदा हुँदा सवारी दुर्घटनामा एक जनाको मृत्यु हुँदा ए एकजना मात्रै भन्ने गरायो ।  दुर्घटना घट्दा आश्चर्य वा अचम्म लाग्ने मानिसहरूलाई हिजोआज दुर्घटना सामान्य लाग्न थालिसक्यो ।  यसको एउटै कारण होकि अत्याधिक सवारी दुर्घटना हुनु । घाइतेलाई सामान्य रुपमा लिन थालियो । घुँडो कतै खाटमा ठोक्किँदा त कति पीडा हुन्छ भने सवारी दुर्घटना पर्दा कति पीडा हुन्छ होला कल्पना पनि गर्न सकिदैन । हिजो आज यस्तो हुन थाल्यो कि घाइतेको त कुरै छाडौ दुर्घटनामा मान्छेको मृत्यु हुँदा समेत सामान्य रुपमा लिने गरिन्छ । सडक दुर्घटना त हो नि  । भवितव्य घटना त हो नि आदी इत्यादिबाट ।

व्यक्ति हेरेर दुर्घटनाको वर्गीकरण दुर्घटनामा कुनै मान्छे घाइते भयो उपचार गरिदिनुपर्यो भन्दा भिक मागे जस्तो गराउँछन् । त्यो पनि व्यक्ति हेरेर दुर्घटनाको वर्गीकरण गरिन्छ । औषधी उपचारमा  लाखौ पैसा लाग्ने भएपछि प्रत्यक्ष अप्रत्यक्ष रुपमा दबाब दिएर केही रकम दिएर मिल्न लगाइन्छ । दबाब सङ्गठित रुपमा दिइने गरिन्छ ।  जनतालाई सेवा दिने नाममा मुनाफा आर्जनका लागि खुलेका केहि यातायात प्रालि यसका उदाहरण हुन् । यदि जीप कारवाला व्यक्ति  छ भने भनसुन वा आर्थिक प्रभावमा पारेर मिल्न लगाइन्छ । आर्थिक रुपले सक्षम भए त उसले उपचार गरिहाल्छ तर कम्जोर छ भने उपचारको अभावमा मर्नुको विकल्प उससँग हुँदैन् । यस्तै कम्जोर मान्छे नै सवारी दुर्घटनाका सबै भन्दा बढि पीडित हुन्छन् । किन कि उनीहरूको प्रहरी प्रशासनमा पहुँच हुदैन् । आवश्यक कुरा बोल्न सक्दैनन् । भित्र पिडा भएपनि बाहिर प्रस्तुत गर्नसक्दैन र उनिहरुलाई साथ दिने मान्छे पनि हुँदैन ।  

पहुँच हुने मान्छे त हेलिकप्टर चार्टर गरेर नेपालका महंगा हस्पिटलमा लगेर उपचार गराएर खुरुक्क पैसा झारी हाल्छ । तर गरिब तथा विपन्न नागरिक त सुविधा सम्पन्न अस्पताल पुग्नै पाउँदैनन् । सकभर उनिहरुलाई स्थानीय अस्पतालमा सामान्य उपचार गरेर डिस्चार्ज गर्न तिर जोड गरिन्छ । किन कि ठूला अस्पतालमा लगे धेरै खर्च हुन्छ । असोज १५ गते जिमालिबाट खैरावाङ जाँदै गरेको नमस्ते सल्यान यातायात प्रालिको जीप दुर्घटनामा घाइते सुनिता बोहरालाई लिन सकिन्छ । यातायात प्रालि सम्पर्कमा नआउँदा घाइते उपचार अभावमा घरमै छन् । एउटा पीडित व्यक्ति अस्पतालमा उपचार गराउँछ कि यातायात व्यवसायीलाई खोज्दै जान्छ । यस्ता सयौं घाइतेहरु आर्थिक अभावमा मृत्युलाई कुरेर बस्न बाध्य छन् । प्रहरीको तथ्याङ अनुसार सवारी दुर्घटनामा ज्यान गुमाउने सबैभन्दा बढि सर्वसाधरण त्यो पनि विपन्न नागरिक छन् । किन कि उनिहरु छोटोदुरीमा पैदल र लामो दुरीमा सार्वजनिक बसको प्रयोग गर्छन् । उदाहरणका लागि सल्यानको दुर्घनालाई लिन सकिन्छ ।

सवारी दुर्घटना सबैभन्दा बढि मापसेका कारण  दाङ प्रहरीको तथ्याङका अनुसार सबैभन्दा बढि सवारी दुर्घटना मादक पदार्थ सेवनका कारण हुने गरेका छन् । दुर्घटना हुनेमा अटो र मोटरसाइकल बढि छन् । दाङमा सरदर सवारी दुर्घटना १० देखि १५ सम्म हुने गरेका छन् । अकस्मात हुने घटना बाह्यक मापसे र अन्य दुर्घटनालाई गम्भिर रुपमा लिनुपर्छ । मापसेको उन्मादनमा सवारी चलाउने व्यक्तिलाई उसको अवस्था हेरेर कडा कारबाही गर्नुपर्छ । ट्राफिकले मापसे गरेको भेटाएमा एक हजार जरिवाना गरेर छोडि दिन्छ । तर त्यसले निम्त्याउने संभावित जोखिमको ख्यालै गरिदैन् । मापसेका कारण हुने दुर्घटनाबाट कुनै व्यक्तिको मृत्यु वा घाइतेलाई सामान्य रुपमा लिए पनि कुनै आमाको लागि, छोराछोरीको लागि, श्रीमान वा श्रीमतीको लागि आशाको दियो निभ्छ । अर्थात एउटा परिवारले अभिभावक गुमाउँदा वा घाइते भएकै कारण अंगभङग भएर जिउँदो लाश झै बाँच्नु पर्दा स्वम् व्यक्ति र परिवारका लागि कति कारुणीक पीडा हुन्छ होला । घरको मूलि मान्छे  हो भने त झनै उसमा आश्रीत परिवारको जिवन झनै कष्टकरपूर्ण हुन्छ ।

न्युनतम ट्राफिक नियमको पालना गरे दुर्घटना न्युनिरकण गर्न सकिन्छ  न्युनतम रुपमा ट्राफिक नियमको पालना गरेमा दिनप्रदिन बढ्दै गएको सवारी दुर्घटना न्युकिरण गर्न सकिन्छ । मादक पदार्थ सेवन, तिब्रगति र ओभरलोड नियन्त्रण देखि सवारीको यान्त्रीक चेकजाँच गरेर सवारी चलाएमा कम्तिमा ६५ प्रतिशत सवारी दुर्घटना न्युनिरकण गर्नसकिन्छ ।  सामान्य कुराको ख्याल नगर्दा सवारी दुर्घटना बढ्दै गएकाले नियन्त्रणका लागि कडा नीति  बनाउनुपर्छ । मापसेर गरेर सार्वजनिक सवारी साधन चलाएकै कारण भएको दुर्घटनामा यात्रु÷पैदलयात्रीको मृत्यु वा घाइते भएमा कर्तव्य ज्यान वा ज्यान मार्ने उद्योग सरह कारबाही गर्नुपर्छ । यदि मापसेका कारण दुर्घटना मात्रै भयो कुनै घाइते वा अंगभंग भएको छैन भने सामान्य एकहजार रुपैयाँ लिएर छोड्नुको सट्टा  कम्तिमा एक बर्ष सवारी चलाउन रोक वा एक महिना जेलहाल्ने व्यवस्था भयो हेलचेक्रयाइबाट हुने दुर्घटना न्यनिकरणमा ठूलो सहयोग पुग्ने देखिन्छ ।।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।