२०८३ भाद्र ९ गते मङ्गलवार

सगरमाथा बोर्डिङका ३ सय विद्यार्थीको दाँत चेकजाँच 

तुलसीपुर, ५ पुस । सगरमाथा बालबाटिका सेकेन्डरी बोर्डिङ स्कुल तुलसीपुरमा अध्ययनरत विद्यार्थीको दाँत चेकजाँच गरिएको छ । बालबालिकाहरूलाई दाँतजन्य रोगबाट जोगाउनका लागि   दन्त शिविरको आयोजना गरेर ३ सय बालबालिकाको दाँत चेकजाँच गरिएको विद्यालयका प्रधानाध्यापक छविकुमार वलीले जानकारी दिनुभयो । 

बि.आर डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा  तुलसीपुर – ९  बेलुवा   स्थित   विद्यालयमा गरिएकाे शिविरमा अधिकांश बालबालिकाहरूमा दाँतमा कीरा लागेको, दाँत खिइएको, दाँत हल्लिएको, गिजा सुन्निएका समस्या देखिएका थिए । त्यसैगरी २० जना बालबालिकाको हल्लिएको दाँत फालिएको र अन्य ठूलो समस्या देखिएकालाई डेन्टल क्लिनिकमा बोलाइएको शिक्षीका पविता विश्वकर्माले जानकारी दिनुभयो ।

 सो अवसरमा डाक्टर भुवन भुसालले बालबालिकाले बिस्कुट, चक्लेट जस्ता गुलियो चिजहरू खाँदा कीरा लाग्नुका साथै कम्जोर समेत हुने भएकाले सकभर नखान र खाएपछि तुरुन्त पानीले कुल्ला गर्नुपर्ने सुझाव दिनुभयो । जोडले बुरुस गर्दा दाँत छिटो खिइने भएकाले तलमाथि विस्तारै गर्नुपर्ने भन्दै जिब्रोमा भएको लेदो सफा गर्नका लागि त्यहाँ पनि बुरुसले घोट्नु आवश्यक रहेको डाक्टर भुसालले बताउनुभयो । शिविरमा डेन्टल असिस्टेन्टहरू सरू केसी, कल्पना केसी, आँचल हमाल,  लगायतको टोली खटेको थियो ।औषधिको व्यवस्था तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य  शाखाले गरेको थियो । 

 

प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार
प्रतिक्रिया